६ आश्विन २०८३, मंगलबार 1790108838
समाचार

रास्वपा सांसद चौधरीको अवैध सम्बन्धको खुलाशा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरी–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीले एक युवतीसँग चुम्बन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा दीपिका सिंह नाम गरेकी युवतीले चौधरीसँग चुम्बन गरिरहेको तस्वीर सार्वजनिक गरेकी हुन् । सप्तरीकै सिंहले उक्त तस्वीर सार्वजनिक गरेपछि सांसद चौधरीको व्यक्तिगत सम्बन्धलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन्।

चौधरी विवाहित रहेको र उनको एक सन्तानसमेत रहेका छन् । दीपिका सिंह गत निर्वाचनका क्रममा चौधरीको चुनावी अभियानमा सक्रिय थिइन्। सोही समयमा दुईबीच सामिप्यता बढेको बताइएको छ ।

चौधरीको राजनीतिक पृष्ठभूमि मधेश केन्द्रित राजनीतिसँग जोडिएको छ। उनले राष्ट्रिय जनता पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनी सप्तरीको डाक्नेश्वरी नगरपालिकाका हुन्।

उनका पिता चन्द्रकान्त चौधरी पनि पूर्वप्रतिनिधिसभा सदस्य हुन्। मधेश आन्दोलनका क्रममा उनी प्रतिनिधिसभामा पुगेका थिए। चौधरी आफैंले पनि यसअघि ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।