२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:05 am
समाचार

नारायण नदीले बगाएर ल्याएका ५ शव सुस्तामा भेटिए

सूचना प्रेस २०८३ भदौ ११ बिहिबार ००:००, १०:४९ बजे १ मिनेट पढाइ

नवलपरासी : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताएका छन् ।

थापाले महिला बिहान ८ः०० बजेसम्म नारायणी नदीको बी.गैप बाँध ठोकर नं १४ मा तीन वटा, ठोकर नं ७ मा एक वटा र बीचमा एक वटा गरी कुल पाँच वटा शव फेला परेको जानकारी दिए ।