२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 9:26 am
समाचार

संखुवासभामा शिक्षक हत्या : बन्दूकसहित एकजना पक्राउ

सूचना प्रेस २०८३ भदौ १९ शुक्रबार ००:००, १४:४७ बजे १ मिनेट पढाइ

काठमाडौं । संखुवासभामा शिक्षकको हत्या प्रकरणमा एकजना पक्राउ परेका छन् । मकालु गाउँपालिका–१ मा भरुवा बन्दूकको प्रहारबाट ३६ वर्षीय शिषक नरकुवीर खुम्बु राईको गएराति हत्या भएको थियो । उनी मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक थिए ।

प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।