१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 9:20 pm
Banner

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द

सूचना प्रेस २०७९ असार ६ सोमबार ००:००, २१:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवाले यहि असारमा अमेरिका भ्रमणको तयारी गरेपनि एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि उनको भ्रमण रद्द भएको हो ।