३ जेष्ठ २०८३, आइतबार 1779002867
Banner

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

कठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफल गर्न समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै गृहमन्त्री खाँणले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई दफावार बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले ‘बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजकै बैठकमा कृषिमन्त्री यादवले ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।