५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 4:16 pm
Banner

आज संविधान दिवस : विविध कार्यक्रम गरी मनाइँदै

सूचना प्रेस २०८३ आश्विन ३ शनिबार ००:००, ०६:४४ बजे १ मिनेट पढाइ

काठमाडौंः आज संविधान दिवस बिभिन्न कार्यक्रम गरि मनाईदै छ । सरकारले संविधान जारी भएको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ।

दिवसका अवसरमा हरेक वर्ष सैनिक मञ्च, टुँडिखेलमा कार्यक्रम हुने गरेको छ। दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिन्छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्।

२०७२ साल असोज ३ गते अर्थात् आजकै दिन संविधानसभाबाट नेपालको संविधान, घोषणा भएको थियो। असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको छ। संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।