५ मंसिर २०८३, शनिबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 3:34 am
समाचार

वीरेन्द्रनगरबाट झन्डै दुई लाख नगदसहित ७ जुवाडे पक्राउ

सूचना प्रेस २०८३ आश्विन ४ आइतबार ००:००, १७:१६ बजे १ मिनेट पढाइ

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै दुई लाख नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो ‌।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार गोप्य  सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त सिभिल टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ७ जनाबाट नगद १ लाख,९७ हजार २२० रुपैयाँ बरामद गरिएको छ । यद्यपि, जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।