२० कार्तिक २०८३, शुक्रबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 1:06 am
Banner

प्रधानमन्त्री बालेन स्वदेश फर्किए

सूचना प्रेस २०८३ आश्विन १० शनिबार ००:००, २२:०२ बजे १ मिनेट पढाइ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्। गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री बालेन आज स्वदेश फर्किएका हुन्।

उनले नेपाली समय अनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए। भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहिबेर अघि अवतरण गरेका हुन्।

उनलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल पुगेका थिए।

संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र समग्र हिन्दुकुश हिमालय क्षेत्रले सामना गरिरहेको जलवायु संकटको कारुणिक यथार्थ प्रस्तुत गर्दै एक मार्मिक सम्बोधन गरेका छन्।