काठमाडौं । सुर्यविनायक नगरपालिकाको आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख सरिता तिम्सिना भटटराईले आर्थिक वर्ष २०७९–८० का लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले स्थानीय पाठ्यक्रमको रुपमा ‘हाम्रो सूर्यविनायक’ नामको पाठ्यक्रम लागु गर्ने भएको छ । यसैगरी जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिने भएको छ । जसका लागि ५ करोड रुपैंया बजेट बिनियोजन गरिएको भट्टराईले बताउनुभयो । भट्टराईले अर्को पनि थप लोकप्रिय कार्यक्रम घोषणा गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाले अब स्थायी बसोबास भएका सबै परिवारको स्वास्थ्य विमा गर्नका लागि प्रति परिवार १ हजार उपलब्ध गराउने भएको छ । परिवारले तिर्नुपर्ने प्रिमियर रकम मध्ये नगरपालिकाले १ हजार रुपैंया तिर्दिने भएको छ । भट्टराईका अनुसार यो रकम स्वेच्छिक हुनेछ । यो सहयोग आवश्यक नहुने परिवारले स्वघोषणा पनि गर्न सक्नेछन् ।
उद्यममीहरुलाई थप प्रोत्साहन गर्ने कार्यक्रम पनि नगरपालिकाले अघि सारेको छ । उत्पादनशिलता,उत्पादकत्व,रोजगारी,समृद्ध नगर निर्माणको आधार भन्ने नारा सहित विभिन्न कार्यक्रमहरु अघि बढाइएको छ ।
नगरपालिकाले तरकारीमा आत्मनिर्भरताका लागि कौशी खेतीलाई व्यापक बनाउने योजना ल्याएको छ । जसका लागि घरनक्सा सम्पन्न प्रमाणपत्र लिएपछि हरेक घरधनीलाई कौशी खेतीका लागि एउटा एउटा बिन उपलब्ध गराईने भट्टराईले प्रष्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ ।
विपत व्यवस्थापन कोषमा गतवर्ष भन्दा दोब्बर रकम थपेर २ करोड पु¥याइएको छ । नागरिकलाई कर तिर्न प्रोत्साहन गर्न रमाइलो नारा अघि सारेको नगरपालिकाले । ‘हाम्रो कर,विकासको भर’ भन्ने नाराका साथ सबै नगरवासीलाई कर तिर्न प्रोत्साहित गर्ने र उक्त रकम विकासका काममा खर्च गरिने भट्टराईले सावर्जनिक गरेको नीति कार्यक्रम र बजेटमा उल्लेख छ ।बजेटमा नगरपालिकाको आधिकारिक सुचना, गतिविधि, सुचना बैंक, नगरको डाटा बैकको स्थापना
गरिने लगायत छन । साथै पर्यटन व्यावसाय गर्ने नगरबासीलाई विशेष छुटमा ऋण प्रदान गर्ने, नगरपालिका र सहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लगायतका विषय प्राथमिकतामा छन् ।
यस्तो छ पूर्णपाठ