अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस दुर्घटना भएको हो।
अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा ३० जना सवार थिए । तीमध्ये चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई पनि चोटपटक लागेको छ।
घाइतेहरूलाई उपचारका लागि शितगंगास्थित स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

