२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:45 pm
Banner

भरुवा बन्दुकसहित एक जना पक्राउ

सूचना प्रेस २०८३ कार्तिक २२ आइतबार ००:००, १७:३७ बजे १ मिनेट पढाइ

काठमाडौं : जिल्ला बझाङ, मष्टा गाउँपालिका–२ धनातोलीबाट भरुवा बन्दुकसहित ४० वर्षीय राजेन्द्र रोकाया पक्राउ परेका छन् ।

आज बिहान १०:४० बजे इलाका प्रहरी कार्यालय मष्टाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष गोप्य सूचनाका आधारमा रोकायाको घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक फेला पारेको हो ।

उक्त बन्दुक रितपूर्वक बरामदी मुचुल्का गरी रोकायालाई नियन्त्रणमा लिइएको थियो । उनलाई सोही दिन १४:२५ बजे जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत कक्षमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।