२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:02 am
राजनीति

प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन : महामन्त्री आचार्य

सूचना प्रेस २०८३ कार्तिक २९ आइतबार ००:००, १०:५० बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबिच कुनै मतभेद नरहेको बताएका छन् ।

आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री आचार्यले पार्टी र सरकार एउटै ‘फेज’ मा अगाडि बढिरहेको स्पष्ट पारेका हुन् ।

सञ्चारकर्मीसँग बोल्दै आचार्यले सभापति र प्रधानमन्त्रीको विषयमा साझा सुझाव आएको उल्लेख गर्दै प्रधानमन्त्री र सभापतिबीच हिजो पनि मतभेद नरहेको र आज पनि नरहेको बताए । उनले तथ्यमा टेकेर सांसदहरूले राखेका विषयमा समेत कुनै मतभेद नरहेको जानकारी दिए ।

सरकार रास्वपाकै भएको बताउँदै महामन्त्री आचार्यले पार्टी र सरकारबीच एकअर्कालाई सचेत गराउने विषय स्वाभाविक भएको धारणा राखे । उनले भने, ‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ ।’