२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:55 pm
खेलकुद

एनपीएल : टस जितेर चितवन ब्याटिङमा

सूचना प्रेस २०८३ मंसिर २ बुधबार ००:००, १६:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा अहिले काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ। काठमाडौं अंक तालिकामा तेस्रो तथा चितवन चौथो भएर इलिमिनेटर खेल्न लागेका हुन् ।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । लुम्बिनी फाइनल पुगिसकेको छ। फाइनल खेल मंसिर ५ गते हुनेछ ।