४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:37 am
समाचार

न्यायाधीशका पीएसओले आफैँलाई प्रहार गरे गोली

सूचना प्रेस २०८३ मंसिर ४ शुक्रबार ००:००, ११:१३ बजे १ मिनेट पढाइ

काठमाडौं : उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत प्रहरी हवल्दार डोलनाथ ढकालको गोली लागेर मृत्यु भएको छ।

काठमाडौंको टोखा नगरपालिका–१ स्थित आफ्नै घरमा बिहीबार साँझ ढकालले आफैँलाई गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले बताएका छन्।

प्रहरीका अनुसार न्यायाधीशको सुरक्षाका लागि खटिएका ढकालले आफूसँग रहेको सरकारी पेस्तोल प्रयोग गरी गोली प्रहार गरेका थिए। गोली लागेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरूले उनलाई तत्काल अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकको प्रयासका बाबजुद उनको ज्यान जोगाउन सकिएन। घटनाको कारण खुल्न सकेको छैन। यसबारे प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ।