४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:41 am
खेलकुद

एनपीएल उपाधिका लागि भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सूचना प्रेस २०८३ मंसिर ४ शुक्रबार ००:००, ०९:४१ बजे १ मिनेट पढाइ

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम राखिएको हो । फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछ ।

फाइनल खेल बेलुका ५ बजेबाट सुरु हुनेछ । सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।