१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:52 am
Banner

कास्कीका लुम्ले र जुमलेटीमा भारी वर्षा,विहान नौ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

सूचना प्रेस २०७९ असार १२ आइतबार ००:००, ०७:२६ बजे १ मिनेट पढाइ

पोखरा- कास्कीका दुई स्थानमा अति भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षामापन भएको हो।

महाशाखाले सूचना जारी गर्दै भनेको छ र आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाऔं।’