४ आश्विन २०८१, शुक्रबार 1726846419
Banner

रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

दर्ता पश्चात सो दललाई आज दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो।

लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेको थियो । घोषणाको भोलिपल्ट निर्वाचन आयोगमा निवेदन दिएका रविले आज दल दर्ताको प्रमाणपत्र पाउनु भएको छ । उहाँको पार्टीको चुनाव चिन्ह घण्टी नै हुने भएको छ ।