१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
Banner

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

सूचना प्रेस २०७९ असार १८ शनिबार ००:००, ०८:१९ बजे १ मिनेट पढाइ

वीरगञ्ज ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । 

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । 

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्व तयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।