१५ कार्तिक २०८१, बिहिबार 1730416229
राजनीति

प्रदेश सांसद शाक्यको अगुवाईमा परम्परागत बाजाको सामाग्रि हस्तान्तरण

काठमाडौं । बागमती प्रदेश सांसद एवं नेकपा एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यको अगुवाईमा बाजाको सामाग्रि हस्तान्तरण गरिएको छ ।

काठमाडौं महानगरपालिकाका १३, १९, २०, २३ र २४ वडामा परम्परागत बाजा बितरण गरिएको शाक्यले बताउनुभयो । गुठी र ट्वा खलहरुलाई गरि २९ वटा समुहलाई  उक्त सामाग्रि बितरण गरिएको हो। हार्मोनियम, धिमे, धा, मादल, ढोलक, भूषिया, बासुरी, तेन्छु लगायतका समाग्रि हस्तान्तरण गरिएको थियो । सम्पदा संरक्षण सम्वाद नेपाल, असोक विनायक गुठी, कंकेश्वरी पुजारी समुह, नेपाल खड्गी सेवा समिति, कंकेश्वरी रामायण भजन खल, कंक अजिमा सांस्कृतिक कुच, बग्रकलाकुञ्ज, कंकेश्वरी दाफा खल समाज, तहाननीदाफा खल, किला घ सांस्कृतिक कुच, रत्नकृति महाविहार, चस्वाँदो मानन्धर सनागु खल, भाष्करदेव संस्कृत केशचन्द्रकृत पारावृत, केशचन्द्र गुँला बाँच खल इतुंबहा, नासः पुजा बाँसुरी धिमे खल , आमे बहाल बाज खल, ओम बहा त्व खल, त्वा खल ओमबहाल, दफटर नायखि बाज खल,मानन्धर सनागु खल न्हुँसा, दैसा त्वाः सनागु खल, लायकु साः मानन्धर समाज, मानन्धर आगं खलः छे, मिधो त्वा क्वत ब्व खल,भिधो गुथि (कालिमाटी)  तब्बो त्वा सानांगुथि खल, ताम्राकार गुँला बाज खल, मिधो त्वा य बहा, लाछि बुँग भिद्यो त्वा लगायतका संस्थालाई उक्त सामाग्रि हस्तान्तरण गरिएको शाक्यले बताउनुभयो ।