१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:01 am
Banner

भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

सूचना प्रेस २०७९ असार २० सोमबार ००:००, १६:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या गरेका छन् ।

दूतावासका सुुरक्षामा खटिएका एक व्यक्तिले आफैंलाई गोली हानेका प्रहरीले जनाकारी दिएको छ। मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी ३२ वर्षका दीपक सिंह रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार विहान साढे ९ बजेतिर गोली हानेका सिंहको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

घटनाको भारतीय पक्षले नै अनुसन्धान गर्ने बताएको प्रहरी स्रोतले जनाएको छ। उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान पछि मात्रै थाहा हुने जनाइएको छ।