१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:25 am
Banner

जसपाका नयाँ मन्त्रीले लिए सपथ

सूचना प्रेस २०७९ असार २० सोमबार ००:००, १७:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नयाँ मन्त्रीहरुले सपथ लिएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति भण्डारीबाट सपथ लिएका हुन्। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभयो ।

जसपाले हाल सरकारमा रहेका मन्त्रीहरु महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाएको हो ।