२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 2:21 pm
राजनीति

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी स्वीकार गर्दैन : नेता श्रेष्ठ

सूचना प्रेस २०७८ माघ २३ आइतबार ००:००, १६:५४ बजे १ मिनेट पढाइ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताउनुभएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गर्नुभएको हो ।

‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ उहाँले आइतबार ट्विट गर्दै भन्नुभएको छ ।