२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 3:21 pm
समाचार

थप १ हजार ३८६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

सूचना प्रेस २०७८ माघ २३ आइतबार ००:००, १६:५९ बजे १ मिनेट पढाइ

काठमाडौ – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।