१५ कार्तिक २०८१, बिहिबार 1730416353
Banner

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौ – चार वर्ष अघि संसदमा पेश भएको नागरिकतासम्बन्धी विधेयक सरकारले संसद्बाट फिर्ता लिएको छ ।
लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसद्बाट फिर्ता लिने निर्णय भएको एक मन्त्रीको भनाइ छ ।

सरकारले अध्यादेश ल्याउनका लागि संसद्मा रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको हुनसक्ने अनुमान गरिएको छ ।
सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ ।

अहिले विधेयक प्रतिनिधिसभा पेस भएको छ ।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद कायम छ ।