४ आश्विन २०८१, शुक्रबार 1726841315
Banner

संसद बैठक २ बजेसम्मका लागि स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । यद्यपी अर्थमन्त्री शर्माले संसदमा आफना कुरा राखेर राजीनामा दिने मुडा बनाएको बाहिर प्रचार गरिएपनि प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको थियो