१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:39 am
शिक्षा /स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर ७८ जना कोरोना संक्रमण

सूचना प्रेस २०७९ असार २३ बिहिबार ००:००, १६:०८ बजे १ मिनेट पढाइ

काठमाडौँ; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ ।

कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परीक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरेको थियो ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमित निको भएका छन् ।