११ मंसिर २०८१, मंगलबार 1732623416
Banner

बुढीगंगामा अब ३७०० मत मात्र गन्न बाँकी, मेयर र उपमेयरमै एमाले धेरै अगाडि

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले अग्रता बढाउँदै लगेको छ । 

पछिल्लो विवरणअनुसार ५,४२९ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,३५१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले १,७८९ मत ल्याएका छन् । उनीहरूबीच १,५६२ मतको फरक छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,२७९ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले १,८५८ मत ल्याएकी छन् । एमालेकी खड्का १,४२१ मतले अगाडि छन् ।

सुरुदेखि नै अग्रता लिएको एमालेले १० वडामध्ये पाँच वडामा जित निकालिसकेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा जित हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ८ मा जित निकालेको छ ।

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब ३,६९९ मत गन्न बाँकी छ ।