१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:03 am
पालिका

बुढीगंगा ३ मा कांग्रेसलाई ३०९ मतले पछि पार्दै एमालेका अधिकारी विजयी

सूचना प्रेस २०७९ असार २५ शनिबार ००:००, १९:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका ३ को वडाध्यक्षमा एमालेका खडकबहादुर अधिकारी विजयी भएका छन् । कांग्रेसका गोरखबहादुर रौलेलाई ३०९ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । 

एमालेका अधिकारीले ५२८ ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेसका रौलेले २१९ मत मात्र ल्याए ।

एमालेले १० वडामध्ये पाँच वडामा जित निकालिसकेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा जित हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ८ मा जित निकालेको छ ।