१९ बैशाख २०८३, शनिबार 1777725268
Banner

चारदिने नेपाल भ्रमणका लागि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँर्दै

काठमाडौ। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ

उहाँले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । गत जुन महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त हुनुभएका लिउले जुनको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अलगअलग भिडियो वार्ता गर्नुभएको थियो ।

उहाँले नेपालका राजनीतिक दलसँग सीपीसीको सम्बन्ध विस्तार गर्ने एजेन्डा रहेको छ । त्यस्तै भ्रमणका क्रममा बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को विषयमा नेपालका उच्च तहको नेतृत्वसँग छलफल गर्ने एजेन्डा छ ।