१६ कार्तिक २०८१, शुक्रबार 1730456319
Banner

काममा ढिलाइ भएको भन्दै युवा संघद्वारा यातायात कार्यालय घेराउ (फोटो फिचर)

काठमाडौं । सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, लापरबाही र ढिलासुस्तीविरुद्ध युवा संघ नेपालले यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । कार्यालयमा बिचौलियाले दुःख दिने गरेको, समयमा अनुमति पाउन नसकिएको भन्दै संघले कार्यालय घेराउ तथा ध्यानाकर्षण गराएको हो ।

संघले लाइसेन्स नवीकरणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न माग गरेको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका संघका नेता कार्यकर्ताहरूले लाइसेन्स बितरण छिटो छरितो हुनुपर्ने, नविकरणमा भइरहेको ढिलासुस्तीको अन्त्य हुनुपर्ने लगायतका माग पुरा गर्न दबाब दिएको छ । तस्विर मनिष मगर