काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने बताउनुभएको छ । सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्याउने तर्फ केन्द्रित भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भोलि विश्वमै नभएको परमादेश बाट बनेको सरकार एक बर्ष हुन्छ । ’ इतिहासमै नभएको परमादेशबाट बनेको सरकारले एक बर्ष मा के के गरयो ? उहाँको प्रश्न थियो । केही व्यक्तिलाई मन्त्रि बनाउनका लागि जागिर खुवाउनका लागि गठबन्धन बनेको उहाँको तर्क थियो । यतिबेला भष्ट्राचार बेलगाम गतिले अगाडि बढिरहेको बताउँदै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ पुरा गर्न बनेको सरकार अरुले नै चलाउने गरेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो,‘दुनियालाई थाहा भइसकेको छ, देश सरले चलाउनुहुन्छ कि म्याडमले ?
उहाँले भन्नुभयो, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही हो ।’ बैदेशिक मुद्राको संचित छैन । नयाँ कुनै काम थाल्नका लागि बैकले रकम निकासा दिन सक्दैन । ठेकेदारले गरिसकेका कामको भुक्तानी पाउँदैन । नयाँ कुनै आयोजना शुरु गर्नै सकिने अवस्था छैन ।’