१८ बैशाख २०८३, शुक्रबार 1777642635
Banner

गणपुरक संख्या नपुगेपछि सुदूरपश्चिमको प्रदेश सभा बैठक स्थगित

धनगढी । गणपुरक संख्या नपुगेपछि बजेटमाथि छलफलका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो गरी १२ बजे सुरु भएको थियो। गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेको घोषणा गर्नुभयो । प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा १३ जना मात्रै सांसद उपस्‍थित थिए। बैठक सुरु गर्न १४ जना सदस्य चाहिन्छ त्यति नपुगेपछि स्थगित गरेर फेरि बोलाइएको बताइएको छ ।