२६ भदौ २०८३, शुक्रबार 1789119197
Banner

बहुमत हामीसँग छ कसैले अवैध भन्छ भने तीनले जस्तो इतिहासलाई बग्याउने काम कसैले गर्दैन : भट्टराई (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ ।

फुट नजिक पुगेको जसपामा मंगलबार आफू निकट भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो। अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाउनुभएका भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । उक्त प्रतिवेदनमा उहाँले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका समस्यालाई उठाउनुभएको छ । भट्टराईले भन्नुभएको छ, ‘जसपा २०७७ जेठ २५ गते निर्वाचन आयोगमा दर्ता भएको हो । म आफैले चौथो नम्बरमा नाम लेख्नुहोस भनेर जसपा दर्ता भएको हो ।’

जसपा देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना भएको पार्टी रहेको बताउँदै भन्नुभयो ‘फुटको बेला पार्टीलाई संख्याको बहुमत हामीसँग छ । यो बैठक कसैले अवैध छ भन्छ भने तीनले जस्तो इतिहासलाई बग्याउने काम कसैले गर्दैन।’