काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज अध्यक्ष ओलीको निवास बालकोटमा भेटवार्ता गर्नुभयो ।
अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयहरुमा कुराकानी भएको नेकपा(एमाले) विदेश विभाग प्रमुख डा.राजन भट्टराईले वताउनुभयो ।
डा. भट्टराईका अनुसार, नेपाल र चीनबीचको सम्बन्ध धेरै अगाडिदेखि सुमधुर रहँदै आएको र आजको बदलिँदो अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थितिमा पनि चीन र नेपालबीचको सम्बन्ध हामीले विगतमा तयार गरेका आधार र मान्यताहरुकै आधारमा अगाडि बढाउने विषयमा दुबैतर्फबाट प्रतिबद्धता जाहेर भएको छ ।
नेपाल र चीन बीचको सम्बन्ध पारस्परिक हितका आधारमा अगाडि बढाउने तथा दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकका भएकाले एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा अगाडि बढिरहेका छन् ।
चीनले नेपाललाई अत्यन्त नजिकको मित्रराष्ट्रका रुपमा हेर्ने गरेको र नेपाल विकासमा भरपर्दो विकास साझेदार मुलुकका रुपमा रहँदै आएको र त्यसलाई निरन्तररुपमा अगाडि बढाउन चाहेको कुरा छलफलका क्रममा चीनका तर्फबाट सीपीसीका विदेश विभाग प्रमुख लिउले राख्नुभएको थियो ।
त्यसैगरी नेपालको तर्फबाट अध्यक्ष ओलीले नेपालले विगतदेखि भन्दै आएको एक चीन नीति र सँगसँगै नेपाली भूभाग चीन लगायत अन्य मित्रराष्ट्रका विरुद्धमा प्रयोग नहुने÷ हुन नदिने प्रतिबद्धता जाहेर भयो । त्यो पुरानो प्रतिबद्धतामा नेकपा एमाले प्रतिबद्ध छ । त्यसलाई निरन्तर रुपमा अगाडि बढाउन चाहन्छौं भन्ने कुरा अध्यक्ष ओलीले राख्नु भएको विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिनु भयो ।
अध्यक्ष ओलीसँग लिउले बिहान १० बजे देखि दिउसो १ बजेसम्म भेटघाट गर्नुभएको थियो ।
त्यसभन्दा बाहेक दुईवटा पार्टीका बीचमा, यद्यपी हामी दुईटा देशका दुईटा छुट्टै पार्टी हौं, हामीले हाम्रो देशको परिस्थिति अनुसार हाम्रा विचारहरु निर्माण गरेका छौं, हामीले माक्र्सवादलाई यहाँको परिस्थिति आन्तरिक परिस्थिति सबै कुरालाई ध्यानमा राखेर व्याख्या गरेका छौं भने चिनियाँहरुले आफ्नो खालको व्याख्या गरेका छन् माक्र्सवादको । र त्यस अनुसार अगाडि बढेका छन् । त्यसो भएको हुनाले यी विषयमा हामीले आ आफ्ना देशको स्वतन्त्र हिसावको।। अगाडि बढाइरहेका छौं । नेपालले गर्ने निर्णय नेपालले लिने नीतिका बारेमा नेपालले स्वतन्त्र हिसावले निर्णय लिने छ । जुनसुकै विषयमा । त्यसैगरी चिनियाँहरुले पनि त्यसै हिसावले लिने हो ।
हामीले हाम्रो मैत्रीपूर्ण सम्बन्ध र अहिले जुनसुकै परिस्थिति अगाडि बढेता पनि यो सम्बन्धलाई विगतमा जे जस्तो हिसावबाट हामी अगाडि बढेका थियौं त्यही हिसावले । अगाडि बढ्नु उचित हुन्छ भन्ने विषयमा उहाँहरु बीच कुराकानी भएको छ ।
नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट हो यो मुलुकले लिने नीतिका बारेमा हामी सम्मान गछौं । सँगै हामी छिमेकी मित्रराष्टहरु हौं, हामीले अरु मुलुकसँग अन्तराष्टिय सम्बन्ध कस्तो रहन्छ भन्ने हिसावमा हामीले नेपाललाई हेर्दैनौ, हामीले नेपाल र चीनको हितमा पारस्परिक समानताका आधारमा पारस्परिक लाभका आधारमा ।्सम्बन्ध निरन्तररुपमा त्यही रुपमा अगाडि बढाउन चाहन्छौ ।
विचार मिल्नेहरु एकठाउँमा आउन सक्नुहुन्छ तपाईंहरुको कुरा हो । यस मामिलामा यसो गर्नुस् उसो गर्नुस् त्यो हामीले । भन्न चाहन्नौं । त्यो तपाईहरुको आन्तरिक मामिलो हो भन्ने छ उहाँहरुको । दुई देशको सम्बन्ध राष्ट्रिय हित हेरेर हुन्छ ।
चारदिने नेपाल भ्रमणमा आइतबार यहाँ आउनु भएको हो ।