७ मंसिर २०८१, शुक्रबार 1732313878
Banner

एम अधिकारीका बारेमा काठमाडौका न्युज कारखानाले प्रायोजित हल्ला चलाए : शंकर पोखरेल

पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एम अधिकारीका बारेमा काठमाडौंमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएको बताउनुभएको छ ।

प्रेस चौतारी कास्कीले पोखरामा आज विहान गरेको कार्यक्रममा पोखरेलले एमालेले वक्तव्य जारी गरिसकेपछि आधिकारिक त्यही हो तर राजधानीका न्युज कारखानाको प्रभाव धेरैतिर परेको उहाँको भनाइ छ । पोखरेलले भन्नुभयो एमालेले औपचारिकरुपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो । यो प्रायोजित समाचार हो । गभर्नरमाथिको आक्रमण हो । यो कुरा त बुझौँ न ।

उहाँले विराटनगरका मनोज अधिकारीलाई नै एम अधिकारी भनिएको स्पष्ट पार्नुभयो ।