८ मंसिर २०८१, शनिबार 1732349919
Banner

डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न फरेन्सी ल्याबमा पठाउने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन आग्रह गरेको थियो । जसमा १३ दिनको मात्र फुटेज रहने अर्थ मन्त्रालयले छानबिन समितिलाई जानकारी गराएको छ । समितिले भने यसरी मेटिएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएको थियो ।

विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका थिए ।