२ जेष्ठ २०८३, शनिबार 1778913091
Banner

वागमती प्रदेशका कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले


काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंस्थित प्रज्ञा भवनमा वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ। प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनुहुनेछ ।

त्यसक्रममा अध्यक्ष ओलीले समग्र राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भुमिका, वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम र पौडेलले मुलुकको आर्थिक अवस्था र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनुहुनेछ।