९ मंसिर २०८१, आइतबार 1732445870
Banner

मैले दशवटा राम्रा कुरा गर्दा कहिल्यै स्थान पाएन, आज जिब्रो चिप्लिएर अशुद्ध उच्चारण हुँदा चरित्र हत्या गरिदैछ : नविना लामा (भिडियो अन्तरवार्ता)

काठमाडौं। नेकपा एमालेकी सांसद नविना लामाले आफूलाई ट्रोल बनाएको बिषयमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । विद्यार्थी राजनीतिबाट संसदमा पुग्नुभएकी लामाले बुधबार सदनमा प्रष्ट उच्चारण गर्न नसकेको बिषय यतिबेला चर्चामा छ । सूचनाप्रेससँग विशेष कुराकानी गर्नुहुँदै सांसद लामाले संसदमा बोल्ने क्रममा भएको अशुद्धलाई नकारात्मक ढंगले व्याख्या भएको बताउनुभयो । शून्य समयमा बोल्ने क्रममा सांसद लामाले शल्यक्रिया शब्दलाई ‘सलानकिरा’ र अक्सीजेनेरेटर भन्नुपर्नेमा अक्सीमिटर भनेपछि सामाजिक सञ्जालमा ट्रोल बनेको छ ।

बोलेको अशुद्धतालाई लिएर ठुलो प्रचार गरियो तर उठान गर्न खोजेको बिषय ओझेलमा परेको सांसद नविनाको तर्क छ ।

भिडियो अन्तरवार्ता