१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:21 am
राजनीति

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथिको संशोधन स्वीकृत

सूचना प्रेस २०७९ श्रावण १० मंगलबार ००:००, १४:४८ बजे १ मिनेट पढाइ

प्रतिनिधिसभाको आजको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन स्वीकृतिका लागि निर्णयार्थ पेश गर्न खोज्दा गणपूरक सङ्ख्या नपुगेपछि यो कार्यसूची आजका लागि सरेको हो । सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।