१७ कार्तिक २०८१, शनिबार 1730575262
Banner

देश बिगार्ने भँडुवाहरुसँग सजग रहनु पर्दछ : अध्यक्ष ओली

काठमाडौ -नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिगार्ने भँडुवाहरुसँग सजग रहनु पर्ने बताउनुभएको छ । प्रदेश नं १ को सम्पर्क समन्वय कमिटीका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउनु भएको छ ।

विश्वका धेरै मुलुकमा पार्टी चाहिने तर नेपालमा चाहिँदैन भन्दै स्वतन्त्र भनिएकाहरुले देश विगार्न लागेको बताउनुभयो । अध्यक्ष ओलीले पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो , ‘बेलायतमा पार्टी चाहिन्छ। फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ। जापानमा चाहिन्छ, भारतमा चाहिन्छ। पाकिस्तानमा पार्टी चाहिन्छ। जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि। यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन्।’

‘जसले देशका लागि बलिदान गरेको छ, हिजो तानाशाहीविरुद्ध लड्दाखेरि अंगभंग भएको छ । परिवारका सदस्य गुमाएको छ, काखको छोरछोरी गुमाएको छ । आमाबाबु गुमाएको छ, श्रीमान गुमाएको छ, श्रीमती गुमाएको छ, टुहुरा टुहुरी हुनपरेको छ । हात गुमाएको छ, स्वास्थ्य बिगारेको छ, आर्थिक अवस्था डामडोल बनाएको छ’, ओलीले भने, ‘त्यसरी डेमोक्रेसी ल्याएको नेताहरु पार्टीहरुलाई अपमान गरेको छ, तथानाम बोलेको छ, कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ, यो सबै कुरासँग सतर्क हुनुपर्छ । यो देश बिगार्ने भाँड्ने तरिका हो, भडुवाहरुको तरिका हो ।’