७ जेष्ठ २०८३, बिहिबार 1779409517
Banner

दल दर्ताको पहिलो दिन ६ वटा दल आयोगमा दर्ता

काठमाडौं । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुला गरेको पहिलो दिन आज ६ वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। आयोगको पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको छ।

यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी नेपालले पनि दल दर्ता गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली एक महिनाभित्र प्रकाशित गर्ने जनाएको छ।