२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 2:22 pm
विश्व

इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति

सूचना प्रेस २०७९ श्रावण २३ सोमबार ००:००, ०७:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ।

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन्। प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम सुरु भएको बताएका छन्। इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ।

पछिल्लो तीन दिनमा भड्किएको हिंसाका कारण१५ जना बालबालिकासहित ४३ जनाको ज्यान गएको छ। यो भिडन्त इजरायल र गाजा बीच मे २०२१ मा भएको ११ दिने हिंसापछिको सबैभन्दा गम्भीर भिडन्त भएको बीबीसीले जनाएको छ।

इजरायली सेनाले गाजामा इस्लामिक जिहादलाई लक्षित गरेर कयौं रकेट र ड्रोन प्रहार गरेको पुष्टि भएको छ। युद्धविरामको सहमति भएको केहिबेरसम्म पनि दुवै पक्षले रकेट प्रहार गरेका थिए।

इजरायली सेनाले गाजा पट्टीबाट आतंकवादी समूहले आक्रमण थालेपछि त्यसको जवाफ दिएको जनाएको छ। इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको थियो। एजेन्सी