३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:37 am
Banner

बालाजुको जुत्ता कारखानामा आगलागी

सूचना प्रेस २०७९ श्रावण २५ बुधबार ००:००, १२:२४ बजे १ मिनेट पढाइ

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाइसधारामा एक जुत्ता चप्पल कारखानामा आगलागी भएको छ । 

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासको औद्योगिक क्षेत्रनजिकै रहेको वान वर्ल्ड जुत्ता चप्पल कारखानामा आगो लागेको हो ।

अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले जानकारी दिनुभयो ।

आगो निभाउनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।

थप विवरण आउन बाँकी।