२० कार्तिक २०८१, मंगलबार 1730823157
Banner

थप २९९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७० र एन्टिजेनबाट २६६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १८० र एन्टिजेनबाट ११९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४६२५ पुगेको छ।