८ मंसिर २०८१, शनिबार 1732385709
Banner

सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्र्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिए पछि आज पुनः बैठक बस्न लागेको हो । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै निष्कर्षमा पुगेको थिएन । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडको बिषयमा भने किचलो हुँदै आएको छ ।