काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार छनोटका मापदण्ड तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड छनोट गरेर पारित गरेको हो । एमालेले तय गरको मापदण्ड अनुसार उम्मेदवार हुने व्यक्तिका लागि पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, सो व्यक्तिले आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा,लोकप्रियता र विजयको सुनिश्चितता,संविधान अनुसार समावेशीताको सिद्धान्त र संवैधानिक प्रावधान मापदण्ड चाहिने निर्णय गरेको हो ।
ती मापदण्डमाथि केन्द्रीय कमिटीमा बैठकमा छलफल हुने र बैठकबाट अनुमनेदन भएपछि आवश्यक चुनावको तयारीमा लाग्ने एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।एमालेको केन्द्रीय कमिटि बैठक भदौ १० र ११ गते बस्ने छ।
यी हुन् एमालेले पोलिटब्युरो बैठकले तय गरेका उम्मेदवार छनोटका मापदण्ड :
१. पार्टीकाे नीति र कार्यक्रमप्रतिकाे प्रतिबद्धता
२. आन्दाेलनमा दिएकाे याेगदान र पार्टीप्रतिकाे निष्ठा
३. लाेकप्रियता र विजयकाे सुनिश्चितता
४. समावेशीता
५. संविधानमा उल्लेखित प्रावधान