१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:01 am
Banner

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

सूचना प्रेस २०७९ भदौ १० शुक्रबार ००:००, २०:१० बजे १ मिनेट पढाइ

कपिलवस्तु- गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।