९ मंसिर २०८१, आइतबार 1732460835
Banner

एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आसन्न निर्वाचनलक्षित छलफल हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता रहेको निर्वाचन परिचालन कमिटीले देशैभरी निर्वाचन परिचालनको विशेष नीति बनाउने कार्ययोजना रहेको छ । केन्द्रीय कमिटीका निर्णयलाई प्रभावकारी रुपमा लागु गर्र्ने,आफू मातहतका कमिटीहरुलाई परिचालन गर्ने,निर्वाचन सम्बन्धी विपक्षीका रणनीतिमा चासो राख्ने र निर्वाचनका गोप्य सुचनाहरु संकलन गर्ने लगायतका रणनीति तय गर्नेछ । बैठकमा निर्वाचन सम्बन्धी विशेष कार्ययोजना समेत पेश गर्ने कार्यक्रम रहेको छ ।

ओलीको अध्यक्षतामा रहेको कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग)का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य छन् ।