काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले भोटाहिटीमा काम सुरु गरेको हो ।
महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान नै सञ्चालन गरिएको छ ।
सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।