२६ जेष्ठ २०८३, मंगलबार 1781069007
Banner

नागरिकता विधेयक राष्ट्रियसभामा पेश (लाईभ)

काठमाडौं । प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।

आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभएको थियो। त्यसलगत्तै प्रतिनिधि सभाबाट पारित भएको विधेयक र राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको अध्यक्षको अनुमतिले सचिव राजेन्द्र फुयाँलले पेश गर्नुभएको हो ।

पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो। फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भएको थियो।